अकस्मात भोलिको लागि सारियो प्रतिनिधि सभा बैठक

काठमाडौं । अन्तिम समयमा पुगेर प्रतिनिधिसभाको आज बोलाइएको बैठक स्थगित भएको छ ।

आजको बैठकमा अस्ति फागुन ८ गते प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) बारे सामान्य छलफल सुरु हुने कार्यसूची थियो । सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेको बताइएको छ ।

बैठक भोलि दिउसो १ बजेको लागि तोकिएको छ ।

फागुन ८ को संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला शर्मा उपस्थित नहुँदा सञ्चार तथा सुचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेबल गर्नुभएको थियो । गृहमन्त्री शर्मा आज पनि उपस्थित हुनुहुन्न । उहाँ पर्वत जानुभएको शर्माको सचिवालयले जनाएको छ ।

एमसीसीकै कारण सत्तागठबन्धनसमेत धरापमा परेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा छ भने सत्तासाझेदार माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ ।