

दैलेख । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको एक दिने वित्तय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी चामुण्डाबिन्द्रासैनी नगरपालिकामा सम्पन्न भएको छ । गोष्ठी केन्द्र न १९ कि केन्द्र प्रमुख श्री खजुरा रावत को अध्यक्षा मा सम्पन्न भएको हो ।
महिलाहरुलाई कर्जा तथा बचत सम्वन्धि जानकारी ,व्यावसायिक योजना बनाउन सहज बनाउन, कर्जा सदुपयोगिता ,पारिवारिक आय व्याको योजना महिला सचेतना ,महिला सशक्ति करण लगुवित्तले ग्रामिण स्तरमा पारेको प्रभाव अन्य बैकिङ सम्वन्धी जानकारिका साथेै हाल लघुवित्त प्रतिको नकारात्मक प्रचार प्रसार बारे सचेतना फैलाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको थियो ।
गोष्ठीमा चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेश कुमार शाहिले लिएको कर्जा रकम व्यावसायिक तथा आयमुलक क्षेत्रमा लगानी गर्नुपर्ने साथै समाज परिर्वतनका लागि स्थानिय सरकार र वित्तिय संस्थाले साझेदारीमा ग्राहक मैत्री कायक्रम सञ्चालन गर्न बताउनु भयो ।
चामुण्डा शाखाका कर्मचारी माधव चालिसेले संचालन गरेको गोष्ठीको प्रमुख अतिथि चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख गणेश कुमार शाही, विशिस्ट अतिथि महिला लघुवित्त वित्तिय संस्था लि. कर्णली प्रदेश प्रमुख प्रकाश बहादुर चन्द हुनुहुन्थ्यो ।
गोष्ठीमा ७५ जना सहभागीले भाग लिएका थिए । सो कार्यक्रममा २०८० बैशाख १ गते देखि फागुन मसान्त सम्मको मुल्यांकनको आधरमा उत्कृष्ट ९ वटा विधामा केन्द्रका सहभागि हरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।

खबर बजार । २३ चैत्र २०८०, शुक्रबार ०८:४२