कर्णाली प्रदेश सभामा एमालेको खाता खुल्यो

सुर्खेत । जुम्ला प्रदेश सभा–२ मा एमालेका टेकराज पछाई विजयी हुनु भएको छ । गठबन्धनकाबाट उम्मेदवार समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै एमालेका पछाई विजयी हुनु भएको हो ।
पदमबहादुर रोकाय कर्णाली प्रदेशका बहालवाला भौक्तिक पूर्वाधार तथा सहकारी मन्त्री हुनु हुन्छ ।

पछाईले ७ हजार ८१५ मतले विजयी हुनु भएको हो भने रोकायले ६ हजार ७२२ मत पाउनु भएको छ । पछाई नेकपा एमाले प्रदेश कमिटी उप–सचिव समेत हुनुहुन्छ ।