२ हजार २ सय रुपैयांले घट्यो सुनको भाउ

काठमाण्डौ । २०८१ सालको पहिलो कारोबार दिन सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको छ ।

अस्ति शुक्रवार एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आइतवार तोलाको एक लाख ३६ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदी पनि तोलामा ५० रुपैयाँले घटेर एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।