सुर्खेतको वीरेन्द्रनगरमा रहेको एक गोदाममा आगलागी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–६, मा रहेको ज्वाला ट्रेडर्सको गोदाममा आगलागी भएको छ । आइतबार दिउँसो करिव २ बजेको समयमा आगलागी भएको हो ।

अहिले आगो निभाउनका वीरेन्द्रनगर नगरपालिकाको दमकल परिचालित गरिएको छ । प्रहरीका अनुसार आगलागीको कारण भने खुल्न सकेको छैन । प्रहरी र स्थानीयवासीले आगो निमाउने प्रयास गरिरहेका छन् ।
आगलागीमा परि के कति मालसामानको क्षति भयो भन्ने एकिन भएको छैन ।