आगामी आर्थिक वर्षको बजेटका बारेमा चिङ्गाड गाउँपालिकामा विभिन्न सरोकारवालाहरु संग सुझाव संकलन


सुर्खेत । आगामी आर्थिक वर्षको बजेट निर्माणका सम्बन्धमा चिङ्गाड गाउँपालिकामा विभिन्न सरोकारवालाहरु संग सुझाव संकलन गरिएको छ ।
आज गाउँपालिकाको आयोजनामा विद्यालय व्यवस्थापन समिती, टोल विकास संस्था तथा सहकारी संस्था र सामुदायिक वनका प्रतिनिधीहरु संग अन्तरक्रिया गरिएको हो । अन्तरक्रिया कार्यक्रमका सहभागीले पुर्वाधार विकास, रोजगारी सृजना, कृषि पर्यटन सङ्ग सम्बन्धित महत्वपूर्ण योजना नीति तथा कार्यक्रम मा समेट्नु पर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा चिङ्गाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समीक्षा सोमैले सबै योजनाहरुलाइ एकै पटक समेट्न नसकिने भएकोले योजना बैंक बनाएर अगाडी बढ्नुपर्ने बताउनु भयो । त्यसैगरी चिङ्गाड गा पा अध्यक्ष बोध विक्रम जिसीले सरकार संग सिमित स्रोत साधन भएको उल्ल्ेख गर्दै जनताको माग र अपेक्षा असिमित भएको हुनाले सबै योजनाहरु एकैपटक समेट्न अप्ठ्यारो हुने बताउनु भयो । योजनालाई सिधै बजेट भन्दा पनि नीति बनाएर कार्यन्वायन गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष जिसीले जोड दिनुभयो । चिङ्गाडी जनताको आशा र अपेक्षा अनुसार नै २०८१÷२०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अध्यक्ष जिसिले प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमका बारेमा गाउँपालिकाले विभिन्न सरोकारवालाहरु संग छmफल तथा सुझाव संकलन गरिरहेको छ ।