सुर्खेत । चिङ्गाड गाउँपलिकामा २ दिने बाल क्लब, बाल अधिकार समिती तथा स्थानीय बाल अधिकार समितिका पदाधिकारीहरु बिच २ दिने अन्तरक्रिया तथा नेतृत्व विकास तालिम संचालन भएको छ । गाउपालिकाको आयोजना मा असार सोमबार चिङ्गाड गाउपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख पवित्रा सुनारको संयोजकत्वमा संचालित तालिमको सहजकर्तामा गुराँस ८ का वडा अध्यक्ष दीपेन्द्र ओलि खड्क चन्दले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रम मा बोल्दै चिङ्गाड गाउपालिका अध्यक्ष बोध बिक्रम जिसिले चिङ्गाड गाउपालिका लाई बाल मैत्री पालिका घोषणा गर्नको लागि सबैले आ आफ्नो ठाउँ देखि साहयोग गर्नुपर्ने बताउनु भयो ।
तालिमका सहभागी लाई तालिममा सिकेका कुराहरु व्यवहारमा पनि लागू गर्नुपर्ने बताउनु भयो । तालिममा चिङ्गाड गाउपालिका उपाध्यक्ष मिना कुमारी रोकाय ६ वटै वडाका वडा अध्यक्ष निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर राना बाल क्लवकका पदाधिकारी विध्यार्थी शिक्षक प्रहरी लगायत सरोकारवालाको उपस्थिती रहेको थियो
"
खबर बजार । ५ असार २०८१, मंगलवार ११:३२