काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान सवा ९ बजे काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दैछन् । यस्तै दोस्रो खेलमा दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सले एक आपसमा खेल्दैछन् ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अस्तिदेखि शुरू भएको पहिलो संस्करणको एनपीएलमा आठ वटा टोली सहभागी छन् । उद्घाटन खेलमा अस्ति विराटनगर किङ्ग्सलाई हराउँदै जनकपुर बोल्ट्सले विजयी शुरुआत गरेको छ ।
खबर बजार । १७ मंसिर २०८१, सोमबार ०८:३७