f नेपाल निजामती कर्मचारी संगठन पालिका कार्यसमिति गुराँसको अध्यक्षमा वि.सी.

नेपाल निजामती कर्मचारी संगठन पालिका कार्यसमिति गुराँसको अध्यक्षमा वि.सी.

नेपाल निजामती कर्मचारी संगठन पालिका कार्यसमिति गुराँस गाउँपालिका, दैलेखको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले सुन्दर बहादुर वि. सी.को अध्यक्षतामा १३ सदस्य पालिका कार्यसमिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा नमिता शर्मा , सचिव नगेन्द्रपाल थापा, कोषाध्यक्ष यमुना भट्टराई , सदस्यहरूमा इन्द्रा थापा मगर, एलिना शाही, दल बहादुर घले, खगेन्द्र बि. क., सुनिल थापा, बालकृष्ण रिजाल, उदयराज जैसी, महेन्द्र रावल र पुष्कर लम्साल रहनु भएको छ ।