
काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीहरुले प्रदेश सभामा विश्वास परीक्षण गर्दैछन् । 
आज बस्ने दुबै प्रदेश सभामा आफूमाथि विश्वास गर्न दुबै मुख्यमन्त्रीले प्रस्ताव पेश गर्ने कार्यसूचि छ ।
साउन १२ गते मुख्यमन्त्री नियुक्त कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र साउन २९ गते नियुक्त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई नेकपा एमालेको समर्थन छ ।
मुख्यमन्त्री बनेपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले त्यससम्बन्धी प्रक्रिया अघि बढेको हो ।




खबर बजार । ३ भाद्र २०८३, बुधबार ०८:४४