
काठमाडौं । पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।

माइतीघरमा विरोधमा उत्रिएका उनीहरूले पेट्रोलियम पदार्थमाथिको अतिरिक्त कर खारेज गरी समायोजन गर्न माग गरिएको छ ।
सँगै जनतालाई राहत प्याकेज ल्याउन पनि उनीहरूको माग छ । उनिहरुले केहिवेर प्रदर्शन र नाराबाजी गरेका छन् ।
सरकार नसच्चिए आन्दोलनका कार्यक्रम निरन्तर रहने भन्दै आन्दोलनमा ऐक्यबद्धताको लागि विद्यार्थी नेताहरुले सबैलाई आह्वान गरेका छन् ।




खबर बजार । ३ बैशाख २०८३, बिहीबार १७:३५