प्रधानन्यायाधीशमा सिफारिस शर्माविरूद्ध परे ७ वटा उजुरी

अध्ययन भोलिदेखि हुने

काठमाडाैं । सर्वाेच्च अदालतकाे प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका मनोज कुमार शर्माविरुद्ध संसदीय समितिमा सात वटा उजुरी परेका छन् ।

संसदीय सुनुवाइ समितिले गत वैशाख २५ गते शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । साेमबारसम्म उजुरी दिन सकिने समितिले जनाएको छ ।

शर्माविरुद्ध परेका उजुरीमाथि मंगलबारदेखि अध्ययन शुरु गर्ने समितिको तयारी रहेकाे छ ।

वैशाख २४ गते संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था रहेकाे छ ।