

सुर्खेत । पछिल्लो समयमा पत्रकारहरुविचमा भएको विभाजनले पत्रकारिता क्षेत्र नै कमजोर बन्दै गएकाले सतहिमा देखिएका समस्याहरुलाई समाधान गरेर पेशागतहितमा एकवद्ध हुनुपर्ने अध्यक्ष ललित बसेलले बताउनुभएको छ ।
नेपाल पत्रकार महासंको ६७ औं स्थापना दिवसका वीरेन्द्रनगरमा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै अध्यक्ष बसेलले विभाजित मानसकिताबाट मुक्त हुँदै मर्यादित पत्रकारिताका लागि एकजुट बन्नु पर्ने बताउनुभएको हो ।
पत्रकारिता विकास र हकहितका लागि पत्रकार एकजुट हुनुपर्ने नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष बसेलको जोड छ । उहाँले श्रमजीवी पत्रकारहरुका समस्याहरु सम्बोन्धन गर्नमा कटिवद्ध रहेकाले सामान्य समस्यामा पनि पेशालाई बदनामी गर्न नहुने उल्लेख गर्नुभयो ।
नेपाल प्रत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा गरिएको प्रभातफेरि मंगलगढीबाट सुरु गरेर बजार परिक्रमापछि पिपलचौतारा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेशका पदाधिकारी, महासंघ सुर्खेतका पदाधिकारी तथा विभन्न सञ्चार माध्ययममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

खबर बजार । १६ चैत्र २०७८, बुधबार १४:१३