नेत्रहीन युवा संघ सुर्खेतको नेतृत्व चयन

सुर्खेतः नेत्रहीन युवा संघ नेपाल, शाखा सुर्खेतको नेतृत्व चयन गरिएको छ । संघको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि शेरबहादुर ओलीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्ष उत्तम विक, सचिवमा चेतन सुनार, सहसचिवमा टिका विक र कोषाध्यक्षमा सम्झना बडुवाल रहनुभएको छ । त्यसैगरी सदस्यहरूमा दिपक गौतम, विजय शाही, हरिकला रोकाया, सरिता शर्मा र विस्णु दाहाललाई चयन गरिएको छ ।

साधारणसभा उद्घाटन सत्रमा राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु प्रसाद शर्माले अपाङ्गताको सवाललाई थप सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिनुभयो । नेत्रहीन संघ कर्णाली प्रदेशका अध्यक्ष सुरेश खड्काले अपाङ्गताको सवाललाई सबै क्षेत्रले गम्भिरतापूर्वक नलिएको बताउनुभयो । नेत्रहीन युवा संघ नेपालका केन्द्रीय सदस्य अर्जुन रावलले परिवार, समाज र राज्य सबै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभएको थियो ।