f मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्युु 

मोटरसाइकल र ट्रक ठोक्किँदा एक जनाको मृत्युु 

दैलेख । मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा दैलेखमा एक जनाको मृत्यु भएको छ ।

दैलेखको दुल्लु नगरपालिका–१ र गुराँस गाउँपालिका–२ को सिमानामा पर्ने तल्लो डुङ्गेश्वरस्थित लोहोरे खोलाको पुलमा भे १४ प ६७१४ नम्बरको मोटरसाइकल र भे १ ख ३७१० नम्बरको ट्रक ठोकिएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय चर्चका पाष्टर प्रेम रोकायको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि ट्रक चालक फरार रहेका र उनको खोजिकार्य भइरहेको प्रहरी चौकी तल्लो डुङ्गेश्वरले जनाएको छ । प्रहरीकाअनुसार ट्रकको ब्रेक फेल भएपछि दुर्घटना भएको बुझिएको छ ।