सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा दैलेखका दुईजना पक्राउ

सुर्खेत । सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा प्रहरीले  दैलेखका दुई जनासहित  पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दैलेखका धुपेन्द्र शाही र बिमलबहादुर शाही ,रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर तथा झापाका आशिष तामाङ रहेका छन् ।

शरीरमा दुईवटा मिर्गौला हुने, एउटाले मात्र पनि काम गर्ने र एउटा बेच्दा केही नहुने भन्दै मिर्गौला निकालेका व्यक्तिको उदाहरण देखाएर राम्रो मोबाइल पाइने तथा ५ लाख रुपैयाँसम्म कमाइ हुने आश्वासन दिएर उनीहरूले मिर्गौला निकाल्नका लागि सडक बालबालिकालाई भारत लैजान लागेको बेला नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

आज काठमान्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उक्त कुराको जानकारी दिएको हो ।

पक्राउ पर्नेहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ देखाई फकाएर भारत लगि मिर्गौला बेचबेखिन गरेको प्रहरीको आरोप छ ।