

काठमाण्डौ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलाको एक लाख ३६ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलामा एक लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा एक हजार छ सय ७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छ ।

खबर बजार । २५ बैशाख २०८१, मंगलवार १२:११