सुर्खेत । सन् राईज बैंक शाखा सुर्खेतले प्रत्येक वर्ष जस्तै शुक्रबार मेहेन्दी कार्यक्रम गरेको छ । “मेहेन्दीले सजाऔं हात, सन् राईज बैंकको साथ” भन्ने नारा लिएर हरेक वर्ष जस्तै यसवर्ष पनि मेहेन्दी कार्यक्रम गरिएको हो ।
नागरिकलाई बैंक संगको आत्मीयता कायम राख्दै बचत गर्ने बानीको विकास गर्न प्रेरित गर्नका लागी बैंकले हरेक वर्षको साउन महिनाको एक दिन बैंकमा यो कार्यक्रमको आयोजना गर्ने गरेको शाखा सुर्खेतकी म्यानेजर सुस्मा गिरीले बताउनुभयाे । उहाँले भन्नुभयाे, “बैंक भन्ने बित्तिकै ठुलो लगानी ठुलो बचत हुन्छ भन्ने सोच नागरिकमा रहेको छ, तर सन्राईजले सामान्य नागरिकका लागी पनि विभिन्न महत्वपुर्ण याकेजहरु ल्याउने गरेको छ” ।
बैंक संग नागरिकको दुरी कम गर्न र बैंक प्रति नागरिकको डर हटाउन सन् राईज बैंकको हरेक शाखाले साउन महिनाको एक दिन यस्तो कार्यक्रमको आयोजना गर्ने गरेको म्यानेजर सुस्माको भनाई छ । शुक्रबार सम्पन्न कार्यक्रममा बैंकमा उपस्थित लगभग ७५ जनाले मेहेन्दी लगाएको बैंकले जानकारी दिएको छ ।
"
खबर बजार । ६ श्रावण २०७९, शुक्रबार १६:४४