दुर्गा प्रसाईंले केन्द्रीय भेला गर्ने

काठमाडौँ । ’राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ नेपालका अध्यक्ष दुर्गा प्रसाईंले केन्द्रीय भेला बोलाउनु भएको छ ।

अभियानको स्थापनाकालदेखि वर्तमानसम्म विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय योगदान पु¥याएका विभिन्न व्यक्तिहरूलाई समेटेर भेला गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । भेला भदौ २० र २१ गते हुने छ ।

भेलामा संस्थापक सदस्यहरू, वडा अध्यक्षहरू, पालिका अध्यक्षहरू, जिल्ला अध्यक्ष तथा सचिवहरू, अञ्चल अध्यक्ष तथा सचिवहरू, विभागीय समितिका प्रमुखहरू, केन्द्रीय सदस्यहरू, सचिवालय सदस्यहरू तथा सल्लाहकार समितिका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन आह्वान गरिएको छ ।

प्रसाईंका अनुसार भेला १०ः ३० बजे भक्तपुरमा हुनेछ । उहाँले केही अघिमात्र आफ्नै नेतृत्वमा दल खोल्ने घोषणा गर्नु भएको थियो ।