एम्बुलेन्स नहुँदा बाटोमै सुत्केरी

जाजरकोट । आडबिसकोट नगरपालिका ११ घर भएकी प्रतिमा बिकलाइ ४ दिन देखि सुत्केरी बेथा लागेको थियो र आडबिसकोट अस्पतालमा सुत्केरी हुन नसकेको अवस्थामा जाजरकोटको पुल मटेला बाट चौरजहारि अस्पतालमा जाँदै गर्दा बेथाले च्यापेपछि पुल नजिकै दमार रोडको बिच बाटोमै सुत्केरी भएर छोरा को जन्म भएको जानकारी दिनु भएको छ।
सङ्गिनी सपना शर्माले सफलता पुर्वक खुल्ला बाटोमा सुत्केरी बनाउनु भयको हो र बाटोमै सुत्केरी भइ छोराको जन्म भएको भर्खरै माया बस्नेत जानकारी दिनु भएको छ।
माया बस्नेत का अनुसार,आमा र छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।
नगरपालिका जस्तो ठाउँमा एउटा् एम्बुलेन्सको व्यवस्था नभएको कस्तो सरकार हो रु भन्दै स्थानीय हरुले प्रश्न गरिरहेका छन्।