वीरेन्द्रनगरमा सांकेतिक भाषा सम्वन्धी १० दिने तालिम सम्पन्न

सुर्खेत । सांकेतिक भाषामा शिक्षण गराउने शिक्षकहरुका लागाी विषयगत शिक्षण शिक्षक तालिम सम्पन्न भएको छ । परिलक्षीत संस्था शाखा कार्यालय विरेन्द्रनगको आयोजनामा श्रावण ६ गतेदेखी सुरु भएको १० दिने तालिम आईबार वीरेन्द्रनगरमा सम्पन्न भएको हो ।

सुर्खेत, दैलेख र रुकुम पश्चीमका १५ जना सांकेतिक भाषामा अध्यापन गराउने शिक्षकहरुका लागी सांकेतिक भाषामा विषयगत शिक्षण शिक्षक तालिमको आयोजना गरिएको थियो । आईतबार समापन भएको तालिमका सहभागिहरुले १० दिन सम्म महत्वपुणर् अध्यापन सिप सिकेको सहभागी सहभागिहरुले बताएका छन् ।यस तालिम पश्चात सांकेतिक भाषामा शिक्षण गराउनका लागी आफ्नो आत्मबलमा समेत वृद्धी भएको रुकुम पश्चीमका शिक्षक प्रेम विकले बताए । कार्यक्रमका प्रमुख अतिथि एवं वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष टिकाराम शर्माले परिलक्षीत संस्थाले शिक्षकरुका लागी तालिमको आयोजना गरेर राम्रो काम गरेको बताए । विभिन्न प्रकारका अपाङ्गता भएका विद्यार्थिहरुका लागी विषेश पाठ्यक्रम र पाठ्य सामाग्रीको व्यवस्था गरी शिक्षण सिकाई गर्न आवश्यक रहेको वडा अध्यक्ष शर्माको भनाई रहेको थियो ।
कार्यक्रमका विषेश अतिथी रहेको वीरेन्द्रनगर नगरपालिका नगर शिक्षा शाखाका प्रमुख उत्तम आचार्यले संस्थाले गर्ने शिक्षा संग सम्वन्धीत कार्यक्रममा नगर शिक्षा शाखा संग समन्वय गर्न आवश्यक रहेको भन्दै संस्था संगको साझेदारीमा नगर शिक्षा शाखाले पनी यस्ता प्रकारका कार्यक्रम संचालन गर्ने बताए ।

सहभागिहरुले सिकेका सिपलाई आ आफ्नो विद्यालयमा पुगी प्रभाकारी रुपमा कार्यान्वयन गर्न नगर शिक्षा शाखा प्रमुख आचार्यले सुझाव समेत दिए । परीलक्षीत संस्थाकी सामाजिक परिचालन सम्झना बडुवालको अध्यक्षमा भएको कार्यक्रममा सिद्ध बहिरा सकुलका प्रधानाध्यापक चिन्तामणी कंडेल, विद्यालय व्यवस्थापन समितीका सदस्य ईन्द्र प्रशाद थानी, लगाएतको सहभागिता रहेको थियो, भने तालिमको सहजीकरण प्रशिक्षक हृदेश केसि र तुलसा थापाले गरेका थिए ।