सुर्खेत । विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ यसै अवसरमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले पनि विभिन्न जनचेतनामूलक कार्यक्रम, अन्तक्रीया, आयुर्वेदिक औषधि वितरण लगाएतका कार्यक्रम गरेर एक हप्ता सम्म मनाउने भएको छ । सप्ताहको आज पहिलो दिन निर्देशनालयले कर्णाली प्रदेश अस्पतालमा रहेका सुत्केरी आमाहरुलाई स्तनपान सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरेको छ । विश्व स्तनपान सप्ताह २०२२ “स्तनपानलाई वढाउन जनचेतना अभिबृध्दि गर्न सहयोग गरौ” भन्ने नारा लाई सार्थकता दिन अगस्ट १ देखि ७ सम्म विभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइएको यो अबधिमा आज पहिलो दिन सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनाल, प्रदेश आयुर्वेद , प्रदेश अस्पताल लगायत ध्ज्इ को टिमको सयुक्त उपस्थितिमा प्रदेश अस्पतालको एल्ऋ वार्डमा रहेका आमाहरुलार्ई पुर्ण स्तनपान सम्वन्धि जनचेतना मुलक जानकारी प्रदान गरिएको हो ।
सुत्केरी हुने बित्तिकै आउने आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वस्थकर हुने हुदा ६ महिना सम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाईन्छ । जन्मेको आधा घण्टाभित्र स्तनपान शुरु गरिसक्नुपर्ने र २४ घण्टामा ८ देखि १० पटकसम्म आमाको दूध खुवाउनु पर्ने हुन्छ तर अझै पनि कर्णालीका कतिपय महिलाहरुलाई यस विषयमा त्यति ज्ञान छैन त्यसैले आजको मुख्य आवश्यकता नै सचेतना छर्न जरुरी रहेको प्रदेश अस्पताल नरसिङ्ग ससी प्रभा पन्तको भनाई छ ।
पछिल्लो समय केहि आमाहरुले आफ्नो शारीरिक सौन्दर्य बिग्रने डरले र बच्चाको छिटो विकास हुने भ्रमले महिलाहरुले शिशुलाई स्तनपान नगराई वैकल्पिक पदार्थ खुवाउँदा बालबालीकामा विभिन्न रोगहरु संक्रमित हुनुका साथै मृत्युको समेत जोखिम हुने हुदा आमाको दूधको स्तनपानको महत्वलाई प्रर्वधन गरी, बजारी दुधको उपभोग निर्मुल पार्न र स्वस्थसुन्दर संसार बनाउन मद्दत् गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको निर्देशनालय कविराज पुष्पा आचार्यको भनाइ छ ।
खबर बजार । १६ श्रावण २०७९, सोमबार १६:०६