कोरोना संक्रमण बढेपछि सीसीएमसीसीले गर्यो यस्तो निर्देशन

काठमाडौं । कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै भेला हुन नदिन सिफारिस गरेको छ ।

आइतवार बसेको बैठकले कोरोना सङ्क्रमण बढ्दै गएकाले २५ जनाभन्दा धेरै मानिस भेला हुने गरी सभा–सम्मेलन, महोत्सवलगायतका कार्यक्रम बन्द गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

यस्तै बैठकले सार्वजनिक ठाउँमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने सिफारिस गरेको छ ।

त्यस्तै नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन पनि सिफारिस गरिएको छ ।

यस्तै आजको बैठकले सार्वजनिक ठाउँहरूमा ९कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य कोरोना खोप लगाएको कार्ड हेर्न सिफारिस गरेको छ ।