आज सुन स्थिर, चाँदी बढ्यो

काठमाण्डौ । आज सुनको भाउ स्थिर छ भने, चाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलाको एक लाख १८ हजार ४ सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ३ सय ८० रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको १ हजार ३ सय ७० रुपैयाँ रहेको थियो ।