दशबर्षे शिक्षा क्षेत्रको योजना तयार: वीरेन्द्रनगर नगरपालिका

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको दशबर्षे शिक्षा क्षेत्रको योजना अभिमूखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर सुर्खेतको आयोजना र सबैका लागि पढाई कार्यक्रमको समन्वयमा भएको यस कार्यक्रममा शिक्षा क्षेत्रका योजनाका बिषयमा छलफल गरेकोे थियो ।                  वीरेन्द्रनगर नगरपालिकाका विद्यालयहरू दशवर्ष भित्र विद्यालय शिक्षामा लगानी गर्ने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने, शैक्षिक गुणस्तरमा सुधार गर्ने र विद्यार्थीले साझाअपन्तो महसुस गर्ने वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले बताइन् ।
उनले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, प्रतिस्पर्धी, श्रम र उत्पादन तथा राष्ट्रियता प्रति सकारात्मक, जिम्मेवार, उन्नत सोच बोकेका नैतिकवान, नवप्रवर्तनशील, रचनात्मक, सिर्जनात्मक तथा आफू वीरेन्द्रनगर नगरवासी भएकोमा गर्व गर्ने सक्षम जनशक्तिको विकास गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।

योजनामा २०८८ सम्ममा प्रारम्भिक बालविकासमा विद्यार्थी भर्नादर एक सय दुई प्रतिशत पु¥याउने, आधारभूत तहमा भर्नादर शतप्रतिशत पु¥याउने, आधारभूत तहमा विद्यार्थी टिकाउदर ८५ प्रतिशत पु¥याउने, विद्यालय भन्दाबाहिर रहेका विद्यार्थीको संख्या शून्यमा झार्ने र साक्षरता दर बढाउने लक्ष्य योजना वीरेन्द्रनगरको छ ।

वीरेन्द्रनगर नगरपालिकाको शिक्षामा बजेट बढाउँदै कुलबजेटको २० प्रतिशत बजेट पु¥याउने योजना रहेको छ । प्राविधिक तथा व्यवसायिक शिक्षामा, विद्यार्थीको सहभागीता, इन्टरनेट उपयोग गर्न सक्ने जनशक्ति, विद्यालयमा विद्युतीय पहुँचविस्तार र विद्यालयमा इन्टरनेट सेवा पु¥याउने जस्ता लक्ष्य वीरेन्द्रनगरको रहेको छ ।

नगरपालिकामा आवश्यकता अनुसारको पाठ्यसामग्री र पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायीक विद्यालयको सबलीकरण, अनौपचारिक शिक्षा, दूरशिक्षा तथा खुल्लासिकाई, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधि र समावेशी शिक्षालाई वीरेन्द्रनगरको योजनाले जोड दिएको छ ।