

सुर्खेत । महंगी र भ्रष्टाचार विरुद्ध नेकपा (एमाले) ले सुर्खेतमा वृहत् जनप्रदर्शन गरेको छ । नेकपा (एमाले) का विभिन्न जनसंगठनहरुले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विरोध प्रदर्शन गरेका हुन ।

अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश सह इन्चार्ज नवीन योगीले, मुलत : अहिलेको सरकार जुन अन्तर्राष्ट्रिय मूल्य र मान्यता बिपरित चर्को मूल्य वृद्धि गरेको छ र देशको आर्थिक अवस्था निकै धरासायी भएर श्रीलंका बनाउन खोजिएको छ त्यसलाई बचाउन स्वभाविक रुपमा नेकपा एमाले ले बचाउनु पर्छ अरु सत्ताका लागि आफ्नो र परिवारको खुशीका लागि हुन भने नेकपा एमाले जनता सङ्ग जोडिएका हरेक सवालको पक्षमा वकालत गर्दै देश ,जनता ,विकास र समृद्ध राष्ट्र र राष्ट्रियताको सवालमा लागिपर्छ र त्यो हाम्रो मुख्य काम,कर्तव्य र जिम्मेवारी भएको बताए ।
प्रदर्शनमा नेकपा (एमाले) का बिभिन्न संगठन लगायतको सहभागीता थियो। वीरेन्द्रनगरको मंगलगढीबाट सुरु भएको विरोध जनप्रदर्शन पिपल चौतारामा गएर कोणसभामा परिणत भएको थियो ।

खबर बजार । २८ श्रावण २०७९, शनिबार १८:२७