गठबन्धनको पक्षमा काँग्रेस केन्द्रीय सदस्यहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य निर्वाचनमा चुनावी गठबन्धनको पक्षमा उभिएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले आवश्यकता आधारमा गठबन्धन गरेर जानुपर्ने बताएका हुन् ।

पार्टी कार्यालय सानेपामा आइतबार बसेको बैठकमा पनि नेताहरुले आवश्यताका आधारमा चुनावी गठबन्धन गर्नुपर्ने बताएका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभयो ।

गठबन्धनमा जाने वा नजाने भन्ने रणनीतिक विषय रहेको भन्दै उहाँले भोलि सबै बोलिसकेपछि कुन मोडालिटीमा जान्छ भन्ने निर्णय केन्द्रीय समितिले गर्ने बताउनुभएको छ ।