जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी झुण्डिएको अवस्थामा फेला


सुर्खेत । जुम्लामा नेपाली सेनाका प्रमुख सेनानी झुण्डिएको अवस्थामा फेला पर्नु भएको छ ।

२४ नम्बर वाहिनीमा कार्यरत प्रमुख सेनानी अञ्जन रुपाखेती झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रुपाखेती विहान चिया खाने समयमा चिया लिएर जाँदा उहां कोठामा झुण्डिएको अवस्थामा भेटिनु भएको थियो ।

अहिले सुरक्षा निकाय घटनास्थलमा पुगेको छ ।