

सुर्खेत । कर्णाली दलित युवा सम्मेलन आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । समता फाउण्डेशनको आयोजनामा युथ नेटवर्कको साझेदारीमा दुई दिने कर्णाली दलित युवा सम्मेलन सुरु भएको हो । जात व्यवस्था विरुद्ध प्रदेशका दलित युवाको प्रतिरोधलाई थप सशक्ति बनाउन दुई दिने युवा सम्मेलन गरिएको हो ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश प्रमुख तिलक परियारले जात व्यवस्था अन्त्यका लागि संविधानको धारा ४०(२४ मा भएको व्यवस्थाको लागि राज्यले अभिभावकत्व ग्रहण गरेको छ । अधिकार सुनिश्चितता लागि प्रदेश प्रमुखको हैसियतले सहयोग गर्ने प्रतिबद्धता गर्दछु ।
उक्त कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य रातो कामीले आजको युवाहरूको लागि प्रशस्त अवसर छन् । देश व्यापी रूपमा युवा नेतृत्व गर्यो भने जात व्यवस्था अन्त्यका हुन्छ ।
सांसद सीता नेपालीका अनुसार अधिकार प्राप्तिका लागी र समाज परिवर्तनको सङ्घर्षको आन्दोलन गर्न आवश्यक छ । दलित हक हितको निम्ति आफूबाट,आफ्नो घरबाट, समुदाय, समाज र राष्ट्र सम्म एकमुष्ठ आवाज हुन जरूरत छ । कर्णाली प्रदेशका दशैं वटा जिल्लाबाट उक्त कार्यक्रममा एक सय ५० जना सहभागी थियो । यस कार्यक्रममा मुगु जिल्लाबाट ३ जना, डोल्पाबाट ७, जुम्लाबाट १३, हुम्लाबाट ४, दैलेखबाट २२, सल्यान बाट ३, रुकुम पश्चिमबाट ३,जना कालिकोट ७ जना, जाजरकोटबाट ३ र सुर्खेतबाट ८५ जनाको सहभागी थियो ।

खबर बजार । ६ भाद्र २०७९, सोमबार १६:०६