काठमाडौं । सरकारले रिक्त जनशक्तिको व्यवस्थापन एवं करारमा भर्ना भएका स्वास्थ्यकर्मीहरुको म्याद थपका लागि अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेको भन्दै यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोभिड १९ को रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भएमा तत्काल जनशक्ति व्यस्थापन गर्न निर्देशन दिएको छ ।
साथै करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्न सकिने सचिवस्तरीय निर्णय भएकाे छ।
खबर बजार । २९ पुष २०७८, बिहीबार १४:३४