काठमाण्डौ । पोखरामा चलिरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मी क्लबले अग्रतालाई कायमै राखेको छ ।
आर्मीले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ वटा पदक जितेको छ ।
यस्तै, दोस्रोमा रहेको वाग्मतीले ६ स्वर्ण, ५ रजत र २ कास्य गरेर १३ वटा पदक जितेको छ ।
यस्तै एपीएफले चार स्वर्णसहित १९, गण्डकी प्रदेशले २ स्वर्णसहित १०, नेपाल पुलिसले २ स्वर्णसहित ६, सुदूरपश्चिमले १ स्वर्णसहित चार, लुम्बिनीले ४ रजत, प्रदेश एकले ५ कास्य र एनआरएनएले १ कास्य पदक जितेका छन् ।
कर्णाली र मधेस प्रदेशले अहिलेसम्म पदक जितेका छैनन् ।
खबर बजार । ३० आश्विन २०७९, आईतवार १०:५०