आइसीसी महिला टी–२० विश्वकप छनोट: दोस्रो खेलमा नेपाल १० विकेटले विजयी

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोस्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ ।

मलेसियामा भएको दोस्रो खेलमा बहराइनले दिएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो । नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन् ।

बहराइनसँगको खेलमा ४ ओभरमा मात्र ३ रन दिँदै ५ विकेट हात पारेपछि बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो ।

महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो । यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । १७ रनको लक्ष्य रनको नेपालले मात्र ५ बलमा भेटाउँदै खेल १० विकेटले जितेको थियो ।