बैतडीमा एक युवतीको घाँटी रेटी हत्या

बैतडी । बैतडीमा एक युवतीको घाँटी रेटी हत्या गरिएको छ ।जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनु भयो ।मङ्गलवार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधवार मायाको शव फेला परेको र नेहा घाइते अवस्थामा फेला परेको जोशीले जानकारी दिनुभयो ।नेहाको पनि घाँटीमा रेटिएको छ । उहाँलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाइएको छ ।अहिले घटनाको अनुसन्धान भइरहेको डिएसपी जोशीले बताउनु भयो । अहिले सम्म कोही पक्राउ परेका छैनन् ।