क्रिकेटर सन्दीप लामिछानेलाई केन्द्रीय कारागारबाट निकालियो

काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धाराबाट निकालिएको छन् ।

उनीलाई कारागारबाट जिल्ला अदालत काठमाडौंमा हाजिर गराइने जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताउनु भयो । लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत पाटनले आदेश दिएको थियो ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । आदेश प्राप्त हुनासाथ उनीलाई अदालत उपस्थित गराइएको जेलर बाँस्कोटाले बताउनु भयो ।

लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।