संसद भवनअगाडि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक युवकले आत्मदाहका प्रयास गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी क्रस हुने बेलामा उनले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् ।

आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । ३६ वर्षीय उनले आत्मदाह प्रयास गर्नुको कारण खुल्न नसकेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।