मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

सुन चाँदीको भाउमा सामान्य वृद्धि

१ मिनेट पढाइ

काठमाण्डौ । सुन चाँदीको भाउ आज सामान्य बढेको छ । सुन आज तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ४ हजार ९ सय रुपैयाँ छ ।

हिजो १ लाख ४ हजार ८ सय रुपैयाँ थियो । यस्तै, हिजो तोलामा १ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदी आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।