
काठमाडौं । फुटबल खेलाडी अञ्जन विष्ट वर्षको उत्कृष्ट खेलाडी बन्नु भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उहाँलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो ।
यो विधामा फुटबलका विष्टसहित किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए ।
उनीहरुलाई पछि पार्दै अवार्ड हात पार्नु भएका अञ्जनले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध गोल गर्नु भएको थियो ।
यस्तै उहाँले १३ औं साफ च्याम्पियनसीपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि गोल गर्नु भएको थियो ।
गत वर्ष नै भएको नेपाल सुपर लिग एनएसएलमा उहाँ सर्वश्रेष्ठ फरवार्ड चुनिनु भएको थियो ।
उहाँले पल्सर मोटरसाइकल पुरस्कार पाउनु भएको छ ।




खबर बजार । २३ फाल्गुन २०७९, मंगलवार १९:०२