

काठमाण्डौ । नेपाली कांग्रेसले भ्रष्टाचारको आरोपमा संसदबाट निलम्बनमा परेका र विशेष अदालतमा मुद्दा खेपिरहेका विजयकुमार गच्छदारलाई उम्मेदवार सिफारिस गरेको छ ।
सुनसरी क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले सर्वसम्मत रुपमा गच्छदारको नाम उम्मेदवारमा सिफारिस गरेको हो ।
बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने काममा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । कानून अनुसार त्यो मुदा अदालतबाट छिनोफानो नहुँदासम्म गच्छदार उम्मेदवारसमेत हुन पाउँनुहुन्न । तर पनि क्षेत्रीय समितिले उनलाई उम्मेदवार सिफारिस गरेको छ ।
भ्रष्टाचारको आरोपमा अदालत मुद्दा दर्ता भएपछि २०७६ माघमा उहां सांसदबाट निलम्बनमा पर्नुभएको थियो । मुद्दा दर्ता भएपछि सम्पर्क विहीन हुनु भएको उहां शेरबहादुर देउवा प्रधानमन्त्री भएकै दिन अदालतमा हाजिर हनुभएको थियो । र उहां १० लाख रुपैयाँ धरौटीमा रिहा हुनभएको थियो ।
गत मंसिरमा भएको कांग्रेसको महाधिवेशनमा गच्छदारलाई देउवाले आफ्नै प्यानलबाट उपसभापतिको उम्मेदवार बनाएका थिए । तर गच्छदार पराजित हुनुभएको थियो ।

खबर बजार । १९ भाद्र २०७९, आईतवार १४:३१