फिल्म प्रसाद २ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी

काठमाडौं । उच्च अदालत पाटनले फिल्म प्रसाद २ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ ।

सुदर्शन थापाले निर्देशन गरेको प्रसाद २ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।

फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको थियो ।

अदालत जानुअघि उहाँले चलचित्र विकास बोर्डमा पनि उजुरी गर्न खोज्नु भएको थियो । तर बोर्डले उजुरी दर्ता नगरेपछि पाण्डे चलचित्रको प्रदर्शन रोक्नु पर्ने माग राखेर उच्च अदालत पुग्नु भएको थियो ।