

पोर्चुगलको मैदानमा भएको खेलमा गोन्कालो रामोस, गोन्कालो इनासियो र डिएगो जोताले २/२ गोल गरे।
रिकार्डो होर्टा, ब्रुनो फर्नान्डेस र जोवा फेलिक्सले पनि एक एक गोल गरे। पोर्चुगलले पहिलो हाफमा ४ र दोस्रो हाफमा ५ गोल गरेको थियो।
यो खेलमा पोर्चगिज टोलीमा विश्व कीर्तिमानी क्रिस्टियानो रोनाल्डो थिएनन्। कार्ड प्रतिबन्धका कारण उनले यो खेल गुमाएका थिए।

खबर बजार । २६ भाद्र २०८०, मंगलवार ०७:४१