जाजरकाेट । जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाकाे ज्यान गएकाे छ ।
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको हाे । यस्तै अन्य दुई जना घाइते भएका छन् ।
उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी काेरीडोरमा पर्छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।
खबर बजार । ७ बैशाख २०८०, बिहीबार १४:२०