

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
समूह ‘ए’ मा रहेका दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरमा सुरु हुँदैछ ।
यो खेलमा नेपालले एक परिवर्तन गरेको छ । गुल्शन झालाई बेन्चमा राखेर करण केसीलाई मैदान उतारिएको छ ।
दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन् । नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो ।
दुवै टोली लगातार दोस्रो खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने योजनामा छन् । यस समूहमा अर्को टोली साउदी अरेबिया छ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

खबर बजार । ८ बैशाख २०८०, शुक्रबार ०९:०१