

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पट्क विश्वासको मत पाउनु भएको छ । मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावमा ३८ मत खसेको हो ।
उहाँकाे पक्षमा ३८ र विपक्षमा १ मत खसेकाे हाे।
मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९ र एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।
यस्तै, ४० जना सांसद रहेका कर्णाली प्रदेश सभामा एमालेकी सभामुख नन्दा गुरुङले र राप्रापाकी सन्तोषी शाहीले मत दिनुभएन ।

खबर बजार । १७ चैत्र २०७९, शुक्रबार १८:०२