दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको ज्यान गएपछि तनाव सिर्जना भएको छ । विहीबार घोराही उपमहानगरपालिका ८ सौरीकी मधु बुढाथोकी केसीको अस्पतालमा ज्यान गएपछि आफन्तले आज शुक्रवार आन्दोलन गरेका हुन् ।
मृतकका आफन्तले घटनाको छानबिन तथा क्षतिपूर्तिको माग राखेका छन् । मृतकको क्षतिपूर्तिबापत ५० लाख रुपैयाँ, शिशुको उपचार र पठनपाठनको सबै खर्च प्रतिष्ठानले बेहोर्नुपर्ने, मृतकको शरीरको सबै अङ्गको परीक्षण हुनुपर्ने उनीहरूको माग छ ।
सामान्यरूपमा सुत्केरी भएको तर बच्चाको सालनाल ननिस्केको भन्दै उपचारमा खटिएका नर्सहरूले हात हालेर जबरजस्ती सालनाल निकाल्न खोज्दा सुत्केरीको ज्यान गएको मृतकका श्रीमान् शेरबहादुर केसीको आरोप छ ।
खबर बजार । २९ बैशाख २०८०, शुक्रबार १५:२०