प्रचण्ड पुनः अध्यक्षमा चयन

काठमाडौं । विगत ३५ वर्षयता नेकपा माओवादी केन्द्रसहित विभिन्न पार्टीका नेतृत्वमा कायम रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड थप पाँच वर्षको लागि अध्यक्षमा पुनः चयन हुनुभएको छ ।

नव निर्वाचित केन्द्रीय समितिबाट प्रचण्डलाई आगामी ५ वर्षको लागि अध्यक्षमा निर्वाचित गरिएको हो ।

केन्द्रीय समिति हलमा प्रचण्डको नाम नारायणकाजी श्रेष्ठले प्रस्ताव गर्नुभएको हो भने कृष्णवहादुर महराले समर्थन जनाउनुभयो । प्रचण्डको विपक्षमा एकजना पनि सदस्य नउभिएको बताइएको छ । २०४४ सालको चर्चित सेक्टर काण्डमा मोहन वैद्यलाई राजिनामा गराएर पार्टी महासचिव भएदेखि प्रचण्डले निरन्तर नेतृत्व गरिरहनुभएको छ ।