

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट प्रदेश कमिटी सदस्यमा ४४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश अधिवेशन निर्वाचन कमिटीले सार्वजनिक गरेको उम्मेदवारहरुको अन्तिम नामावली एमाले कर्णाली प्रदेश कमिटी सदस्यमा ४४ जना निर्विरोध निर्वाचित भएका हुन् ।
एमाले कर्णाली प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित हुनेमा जुम्ला प्रदेशसभा (क) बाट धनकृष्ण पाण्डे र भिमबहादुर थापा, जुम्ला प्रदेशसभा (ख) बाट दुई जना खुला सदस्य पुरुषमा जयबहादुर खत्री, नन्दराम रोकाय र जुम्ला प्रदेशसभा (ख)बाट एक जना महिला सदस्यमा चुक्की शाही गरी पाँचजना छन् ।
यस्तै, हुम्ला भूगोलतर्फ प्रदेशसभा (ख) दुई जना पुरुष सदस्यमा जयबहादुर शाही र मंगल लामा, प्रदेशसभा (ख) एक जना महिलातर्फ रुपा शाही गरी ३ जना निर्वाचित भएका छन् ।
डोल्पा जिल्ला भूगालेतर्फ प्रदेशसभा (क) मा दुई जना पुरुष सदस्यमा पूर्णबहादुर डाँगी र विष्णुबहादुर रोकाया, महिला सदस्यमा पासाङ लामु रोकाय (बुढा) र प्रदेशसभा (ख) दुई जना पुरुषतर्फ धनचन्द्र बैजी, विश्वचन्द्र डसाल र एक जना महिला सदस्यतर्फ चन्द्रा कुमारी बुढा गरी ६ जना सदस्या प्रदेश कमिटीमा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, मुगु जिल्ला भूगोलबाट प्रेदशसभा (क) मा दुई जना पुरुषतर्फ डबलबहादुर रोकाय, सोनाम छिरिंग लामा, एक जना महिला सदस्यतर्फ सुन्तला बुढा र प्रदेशसभा (ख) दुई जना पुरुषतर्फ कर्णबहादुर मल्ल, राजबहादुर कार्की र एक जना महिलातर्फ राज्यलक्ष्मी मल्ल गरी ६ जना प्रदेश कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
साथै, दैलेख निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) एक जना महिला सदस्यमा तप्तकुमारी खड्का (थापा), दैलेख प्रदेशसभा–२(क) सर्वराज महतारा र डा. रमेशकुमार आचार्य गरी तीनजना सदस्यमा निर्वाचित भएका छन् ।
रुकुमपश्चिम प्रदेशसभा (क)बाट दुई जना पुरुष सदस्यतर्फ कर्णबहादुर वली र गंगाराम चनारा, एक जना महिला सदस्यमा रचना मल्ल र प्रदेशसभा (ख) मा दुई जना पुरुषतर्फ गणेशकुमार वि.क र टंकप्रसाद वली निर्विरोध पाँच जना उम्मेदवार सदस्यमा निर्वाचित भएका छन् ।
यस्तै, सल्यान प्रदेशसभा (क)मा दुई जना पुरुष सदस्यतर्फ घनश्याम शर्मा र जीतबहादुर चलाउने, एक जना महिला सदस्यतर्फ आशा वली र प्रदेशसभा (ख)मा दुई जना पुरुषतर्फ घनश्याम शर्मा र वुद्धिबहादुर केसी र एक महिला सदस्यतर्फ सरिता हमाल गरी ६ जना निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, जाजरकोट प्रदेशसभा (क) भूगोलतर्फबाट एक जना महिला सदस्यमा ताराकुमारी विष्ट शाक्य निर्विरोध निर्वाचित भएकी छन् । यस्तै, सुर्खेत जिल्लाको प्रदेशसभा भुगोलतर्फ प्रदेशसभा निर्वाचन क्षेत्र–१(क) मा दुई जना पुरुषतर्फ पूर्णबहादुर शाही, मानबहादुर खत्री र एक जना महिलातर्फ दीपा चन्द, प्रदेशसभा–१(ख) एक जना महिलातर्फ हरीकला राना गरी चार जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
सुर्खेत प्रदेशसभा निर्वाचन क्षेत्र–२(क) महिलातर्फ लक्ष्मीकुमारी शाही र प्रदेशसभा–२(ख) बाट एक महिला सदस्यमा चन्द्रकला बुढा गरी दुई महिला सदस्य प्रदेश कमिटीमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
यस्तै, जनजाति निर्वाचन क्लस्टर अन्तर्गत पाँच जना महिला सदस्य रहेको कोटामा दुई जना महिलाको मात्रै उम्मेदवारी परेपछि चन्द्राकुमारी थापा मगर र छप्साङ लामा निर्विरोध निर्वाचित हुनु भयो ।
१ जना कोटा रहेको अल्पसंख्यकमा दैलखका पदमबहादुर माझी निर्विरोध प्रदेश कमिटी सदस्यमा निर्वाचित हुनु भयो ।
प्रदेश लेखा समितीको उपाध्यक्षमा अमरबहादुर चन्द, दुई जना महिला सदस्यमा कमला कुमारी शाही र कृष्णाकुमारी मल्ल निर्विरोध निर्वाचित भएकी छन् ।
लेखा समितीको खुला २ जना सदस्यमा रुकुमपश्चिमका मिजाश मल्लको मात्रै उम्मेदवारी परेको छ ।

खबर बजार । १४ आश्विन २०८०, आईतवार १९:१६