मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

८ सय रुपैयाँले घट्यो सुनको भाउ

१ मिनेट पढाइ

काठमाण्डौ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय ५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।