काठमाण्डौ । काठमाण्डौको बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा हिजो मङ्गलवार पक्राउ परेका चार जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ ।
आज बुधवार न्यायाधीश वासुदेव पौडेलको इजलासले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यस प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवेदन फिर्ता गरेका कारण २०७८ सालको पुसदेखि रोकिएको अनुसन्धान पुन: शुरु गर्दै प्रहरीले हिजो सात जनालाई पक्राउ गरेको हो ।
खबर बजार । १३ असार २०८०, बुधबार १६:५९