बरामत भएको सुनमा मेरो संलग्नता छैन : दिपक मलहोत्रा

काठमाण्डौं । व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताउनु भएको छ ।

बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो कुनै सम्बन्ध नरहेको बताउनु भएको हो ।

मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो । मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको बताउनु भएको छ ।

उहाँले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन गर्ने बताउनु भयो । ‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उहाँले भन्नु भयो ।

उहाँले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताउनु भयो । ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु,’ उहाँले भन्नु भयो ।