काठमाण्डौ । लगातार पाँच दिनसम्म बढेको शेयर बजार आज बिहीवार भने सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ विन्दुमा झरेको छ ।
आज फाइनान्स, होटल, लगानी, बीमा, म्युचल फन्ड र अन्य समूहको शेयर घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ ।
आज सबैभन्दा धेरै सिटिजन्स म्युचुल फन्ड र कुमारी इक्विटी फन्डको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि विशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज दुई सय ६४ वटा कम्पनीका ८४ लाख २४ हजार कित्ता शेयर कारोबार भएका छन् । ५४ हजार नौ सय पटक भएका कारोबारमा तीन अर्ब पाँच करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड २३ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।
खबर बजार । ४ श्रावण २०८०, बिहीबार १६:५८